ताजा समाचार

मेयर दाहालको चरित्रहत्या गर्ने बिरुद्ध साईबरक्राइम मुद्दा दर्ता

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटसहरु बिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ ।

आज दिउसो चितवन जिल्ला प्रहरी कार्यालय चितवन मार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयस्थित साईबर क्राईम ब्युरोमा जाहेरी दिइएको महानगरपालिकाले जनाएको छ । हिजो चितवनमा भएको ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) माथि स्थानियको आक्रमणपछि केहि सामाजिक संजालका प्रयोगकर्ताले मेयर रेणु दाहालका तस्बिर जोडी अर्धनग्न तस्बिर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए ।

अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु सम्प्रेषण हुनु आपत्तिजनक र अमानवीय कुरा रहेकाले महानगरले कानुनी उपचार खोजेको हो । यसबारेमा हामीसँगको कुराकानीमा जिल्ला प्रहरी कार्यलय चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले भने, ‘महानगर प्रमुख रेणु दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टहरुबारे जाहेरी आएको छ, आवश्यक अनुसन्धान गरि गलत हर्कत गर्नेहरुको खोजि सुरु भैसकेको छ आवश्यक कानुनी कार्वाही गर्न प्रहरी तत्पर छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org