ताजा समाचार

प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद गाैतमको नजरमा हरि बैरागी को थिए ?

काठमाडौं । तत्कालीन नेकपा एमालेबाट २०५१ सालको निर्वाचनमा सांसद बनेका हरी बैरागी दाहालको हृदयघातका कारण मनमोहन कार्डियो थेरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा निधन भएको हो ।

असोज ३ गते उनको उपचारको क्रममा निधन भएको हो । उनी नीजि क्षेत्रका साना जलविद्युत आयोजनाका किङ मेकर थिए । राजनीतिमा सक्रिय जीवनबाट व्यवसायीक बन्न पर्छ भनेर साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दै आएका बैरागी शैक्षिक आन्दोलनका समेत एक हिस्सा थिए ।

संखुवासभाको मादी -०४, कोपिले मा २०१४ साल कार्तिक २८ गते बुवा यज्ञदत्त दाहाल र आमा फाल्गुन कुमारी दाहालको कोखबाट जन्मिएका बैरागी विद्यार्थी कालदेखी नै कम्युनिष्ट चेतले ओतप्रोत थिए ।

संखुवासभाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका प्रतिनिधिसभा सदस्य तथका नेता राजेन्द्र प्रसाद गौतमका अनुसार बैरागी राजनीतिमा आउनु पर्छ की भन्ने मानसिकतामा थिए ।

गौतमका अनुसार बैरागी विकासप्रेमी र स्वच्छ छवीका एक इमान्दार सिपाही थिए । बैरागी र उनकी धर्मपत्नी लक्ष्मी आचार्यबाट तीन छोराछोरी छन । अस्मिता र अन्जिता छोरीहरु हुन भने आशिष एकमात्र छोरा हुन ।

माइलो सन्तानको रुपमा जन्मिएका बैरगीका परिवारमा जेठा दाइ पिताम्बर र भाई तुलसीप्रसाद छन भने, उर्मिला भण्डारी र तारा केसी बहिनीहरु हुन ।

२०३५/०३६ सालको वाम आन्दोलनबाट विद्यार्थी आन्दोलनमा होमिएका बैरागीले विन्देश्वरी बहुमुखी क्याम्पसबाट विएल सम्मको अध्ययन गरेका थिए । सोही बेला सप्तरी अनेरास्ववियु अध्यक्ष भएका उनी ०४३ सालको जनपक्षिय हस्तक्षेपको राजनीति मार्फत तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यको रुपमा उम्मेदवार भई सम्मानीत मत प्राप्त गरेका थिए ।

झण्डै दुई दशक वाम राजनीतिमा रहेका बैरागी जिल्लाको पार्टी नेतृत्वमा लामो समय काम गरेका थिए । पार्टीको उर्जा तथा जलस्रोत केन्द्रिय विभागमा रहेका उनी पञ्चायत विरोधी कार्यक्रमको बेला थुप्रै पटक जेल जीवन समेत व्यतित गरेका थिए ।

उनी कोशी-ल्हासा राजमार्ग, मध्यपहाडी लोकमार्ग, सभाताल जस्ता आयोजनाका स्वप्नद्रष्टा एवम् अभियानकर्ता समेत थिए । उनलाई जिल्लामा विकासप्रेमी नेताको रुपमा चिनिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org