ताजा समाचार

भारतले प्याज निर्यात रोक्यो, नेपालमा अभाव हुने सम्भावना

काठमाडौं । भारतले हिजोदेखि लागू हुने गरी प्याज निर्यात रोकेको छ । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले यसअघिको व्यवस्थालाई संशोधन गर्दै भारतमा उत्पादन भएको प्याज भारतबाहिर नपठाउने व्यवस्था गरेको हो ।

भारतमा प्याजको चरम अभावलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था सहज बनाउन प्याज निर्यात बन्द गरिएको बताइएको छ । निर्यात बन्द गरेसँगै भारतले बजारमा प्याजको भण्डारणमा परिमाणात्मक बन्देज पनि लगाएको छ । भारतीय खुद्रा व्यापारीले अबदेखि १ सय क्विन्टल र थोक बिक्रेताले ५ सय क्विन्टलमात्र प्याज भण्डारण गर्न पाउनेछन् ।

भारतले देशभित्र खपत हुने अधिकांश प्याज आयात गर्दै आएको छ । बन्देज लगाउनुपूर्व भारतीय बजारमा प्याज ८० भारतीय रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको थियो । भारतले चीन, पाकिस्तान तथा खाडी मुलुकबाट प्याज आयात गर्ने गरेको छ ।

नेपालले भने भारत, चीन, थाइल्याण्ड र निकारागुवाबाट प्याज आयात गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ । नेपालले सन् २०१७ को ७ महिनामा माथि उल्लेखित चार मुलुकबाट २.४४ बिलियन रुपैयाँको प्याज आयात गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org