ताजा समाचार

राष्ट्रपति सीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी टोलीले ‘फुल कार्गेड रिहर्सल’ गर्दै

काठमाडाैं । दुई दिने राजकीय नेपाल भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षा तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीले आज दिउसो फुल रिहर्सल गर्ने भएका छन् ।

सुरक्षाकर्मीहरुले आज दिउसो ३ बजे फुल रिहर्सल गर्ने गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहस्रोतका अनुसार सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि चिनियाँ राष्ट्रपति सी बस्ने होटल सोल्टीसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘फल रिहर्सल’ गर्ने भएको हो ।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन् ।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको कन्फिडेन्स लेभल बढाउन र सुरक्षा तथा सवारी व्यवस्थापनमा कुनै कमजोरी नहोस भनेर यस्तो तयारी गरण लागिएको हो ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्ट होटेलबाट लुम्बिनी जाने क्रममा सवारी सुरक्षामा सवारीको क्रममा रहेको कार्गेट टोलीका एक मोटरसाइकल कालीमाटीमा चिप्लिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ सामान्य घाइते समेत भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org