ताजा समाचार

उपनिर्वाचनमा साढे ४ लाख बढी मतदाता

काठमाडौं । उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जनाले मतदान गर्ने भएका हुन् ।

जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org