ताजा समाचार

पद ओहोदा हेरेर होइन, अपराधको प्रकृति हेरेर अनुसन्धान गर्नूः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधको प्रकृति हेरेर व्यक्तिमाथि व्यवहार गर्न निर्देशन दिएका छन ।

अपराध लाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्न नहुने भन्दै ओलीले भने, अपराध गर्ने व्यति कुन पदमा ओहोदामा छ भनेर हेर्ने भन्दा अपराध कस्तो छ निष्पक्ष छानविन गर्नु पर्छ ।

‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्‍यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यस्तै, उनले अपराधी कुन दलको वा पक्ष विपक्ष नहेरेर अनुसन्धान गर्नु पर्ने समेत जनाए । ६४ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले समाज अराजकता तर्फ जान लागेको प्रति चिन्ता व्यक्त गरे ।

प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले अपराध नियन्त्रणमा लाग्न प्रहरीलाई निर्देशन समेत दिए ।

यस्तै, प्रधानमन्त्री ओलीले शासन व्यवस्था नमान्ने, परिवर्तन, गणतन्त्र नमान्ने र संबिधान नै नमान्ने देशद्रोही तत्वलाई प्रहरीले नियन्त्रण गर्न तयार हुनु पर्ने जनाए ।

विप्लव नेतृत्वको नेकपा र राजावादीहरुलाई लक्षित गर्दै प्रहरीलाई उनीहरुका गतिविधिलाई निस्तेज पार्न समेत तयार रहनपर्ने उनले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org