ताजा समाचार

अनशनको चेतानवीसहित सरकारलाई डा. केसीको ११ दिने अल्टिमेटम

काठमाडौं । डा. गोबिन्द केसीले माग पुरा नभएर कार्तिक १३ गतेबाट अनशन बस्ने चेतावनी दिएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्तिक ८ गतेसम्मको ११ दिने अल्टिमेटम दिदै माग पुरा नभए अनशन बस्ने चेतावनी दिएका हुन् ।

सरकारसँग धेरै कुरामा सम्झाैता भएको तर माग पुरा नभएको भन्दै डा. केसीले अनशन बस्ने चेतावनी दिएका हुन् ।

डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

यद्यपी डा. केसी अस्पतालको सेवाबाट अवकासप्राप्त हुँदैछन् । अब उनले कुन ठाँउमा अनशन बस्छन भन्नेबारे भने खुलाएनन् । आफू नेपाली नागरिक भएकाले देशका कुनैपनि स्थानमा पुगेर अनशन बस्न सक्ने उनले जनाएका हुन् ।

डा. केसीले पत्रकार सम्मेलनमा भने, ‘नेपालीको स्वास्थ्य र शिक्षाका लागि लडेकाले जहाँ गए पनि जनताको सहयोग मलाई हुन्छ ।’

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएका डा. केसीको शैक्षिक प्रमाणपत्रमा समेत जन्म मिति फरकफरक रहेको खवरहरु समेत बाहिर आएका छन् । उनको पेन्सन वा उपदान समेत अवकास पश्चात रोकिने संकेत देखा परेको छ । उनको शैक्षिक प्रमाणपत्र छानविन गरेर मात्रै उनको बारेमा निर्णय लिइने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org