ताजा समाचार

चाबहिलमा भत्काउदै गरेको घरको छत खस्यो, हताहतीको आशंका

काठमाडाैं । चाबहिलमा भत्काउदै गरेको घरको छत खस्दा दुईजना घाइते भएका छन् ।

चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको पुरानो घर भत्काउदै गर्दा एक्कासी छत खसेको हो ।

घर भत्किदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको चाबहिलस्थित दिर्घायु अस्पतालमा भइरहेको गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा अहिले उद्धार कार्य जारी रहेकाले केहि हताहती भएको हुनसक्ने आशंका गरिएको छ । भने, घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org