ताजा समाचार

कोहलपुरका डीएसपी शाहीमाथि छानविन गर्न समिति गठन

काठमाडौं । विवादमा तानिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानविन गर्न समिति गठन भएको छ ।

प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

डीएसपी शाहिमाथि प्रहरी आचरण विपरित काम गरेको विषयमा छानविन हुने जनाइएको छ ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org