ताजा समाचार

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

काठमाडाैं । सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा स्वास्थ्य परिक्षण गराएर फर्केपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठ‍क बसालेका थिए । यद्यपी बैठकमा अन्य निर्णय के के भए भन्नेबारे भने खुलाइएको छैन् ।

डा. कोइरालालाई शिक्षामन्त्री गिरिराजमणी पोखरेलको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org