ताजा समाचार

महराको थुनछेक बहस सकिएन, अब के होला ?

काठमाडाैं । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस नसकिएपछि उनको मुद्धा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि महराको मुद्धा ‘हेर्दा हेर्दै’मा राखिएको हो ।

बन्द इजलासमा महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर सेसी, वरिषठ अधिवक्ताहरु सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनालीले बहस गर्दैछन भने सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकालले बहस गरेका छन् ।

थुछेक बहस सकिएपछि महरालाई पुर्पक्षकालागि थुनामा पठाउने, साधारण तारेखमा रिहा गर्ने वा धराैटीमा रिहा गर्नेबारे अदालतबाट आदेश आउनेछ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशणी शाहीमाथि बलातक्ार प्रयास गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका छन् ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org