ताजा समाचार

पूर्वमन्त्री एवं सांसद आलमलाई ३२ वर्ष कैद मागदावी

काठमाडाैं । पूर्वमन्त्री एवं सांसद अफताव आलमविरुद्ध सरकारी वकिल कार्यालयले विभिन्न ३ मुद्धामा ३२ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत राैतहटमा अभियोगपत्र पेश गरेको छ ।

आलमलाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फाेटमा २ वर्ष कैद माग दावी गरिएको हो ।

साविक मुलुकी ऐनमा सर्वस्वसहित जन्मकैदमा २० वर्ष कैद हुन्छ । तीन वटा कसुरमा आलमलाई ३२ वर्ष कैद मागदावीसहित अभियोगपत्र जिल्ला अदालतमा पेश गरिएको सरकारी वकिल खडिन्द्रराज कटवालले बताए ।

आजै अभियोगपत्र पेश भएपछि आलमको थुनछेक बहस भने मंगलबारमात्रै हुने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org