ताजा समाचार

निवर्तमान सभामुख महरा पुर्पक्षकालागि थुनामा !

महरालाई डिल्लीबजार कारागारमा पठाइने

काठमाडाैं । बलात्कार प्रयासमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षकालागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

काठमाडाैं जिल्ला अदालतले महरालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो ।

‘सभामुखजस्तो गरिमामय पदमा आसिन भएका महराले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरेको अभियोग लागेको र पछि सो ठहरेमा मागदाबी बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिन्छ,’ अदालतको आदेशमा भनिएको छ । भने, उनलाई डिल्लीबजार कारागारमा पठाइने जनाइएको छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी बराल, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटाले र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए ।

महराको थुनछेक बहस भइरहेको बन्द इजलासमा रोशनी शाही समेत बहस सुन्न उपस्थित भएकी थिइन् । उनी बहस सकिएलगत्तै अदालतबाट बाहिरिएकी हुन् ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका थिए । उनी सरकारी निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org