ताजा समाचार

महरा डिल्लीबजार कारागार चलान

अस्पताल राख्ने या के गर्नेभन्नेबारे कारागारले नै निर्णय गर्ने !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडाैंले महरालाई पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएसँगै महरालाई कारागार चलान गरिएको हो ।

महराले इन्कारी बयान दिएपनि बहस सुनेपछि काठमाडाैं जिल्ला प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा पठाउने आदेश दिएको थियो ।

डिल्लीबजार कारागार चलान भएपनि महरालाई अस्पतालमै राखिनेछ या के गर्ने भन्नेबारे भने कारागार प्रशासनले नै तय गर्नेछ । प्रहरी हिरासतमा रहेका महरा अस्वस्थ्य भएपछि उनलाई नर्भिक अस्पतालमा राखेर उपचार गरिदै आएको थियो ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका थिए । उनी सरकारी निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org