ताजा समाचार

शान्ता चाैधरीको गाडी दुर्घटना !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक शान्ता चाैधरी चढ्ने गाडी दुर्घटनामा परेको छ ।

मंगलबार बिहान पाैने १ बजेतिर लमही नगरपालिका वडा नं ६ स्थित पुलमोर घुम्तिमा चाैधरीले प्रयोग गर्ने बा २ झ २८७१ नम्बरको गाडी दुर्घटना भएको हो ।

गाडी सडकबाट झण्डै सय मिटर तल अर्जुनखोलामा खसेको छ भने सवारी चालक रतन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

चालक चाैधरीका अनुसार सडकमा एक्कासी जरायो आएपछि त्यसलाई जोगाउन खोज्दा गाडी दुर्घटनामा परेको उनले जनाएका छन् ।

सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org