ताजा समाचार

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका शिक्षक पक्राउ

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थाई शिक्षक पक्राउ परेका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ३० भन्दा बढी अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राख्दै तालाबन्दी गर्न पुगेका थिए । पक्राउ गरेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ ।

शिक्षकहरुले कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना बनाएका थिए ।

यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए ।

त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org