ताजा समाचार

सत्तारुढ दल नेकपाको युवा संगठनले ‘गो ब्याक इण्डिया’ भन्दै निकाल्यो र्‍याली

नेपाल-भारतको सीमा नजिकै गो ब्याक इण्डियाको नारा लागेपछि...

बाँके । भारतको सीमा नजिकै नेपालगञ्जमा ‘गो ब्याक इण्डिया’को नारा लगाउदै भारतको विरोध भएको छ ।

भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरादेखि विभिन्न स्थान समेटिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले विरोध सुरु गरेको हो ।

बाँकेको नेपालगञ्जमा युवा संघ नेपालद्वारा विरोध र्‍यालीका साथै मोटरसाइकल र्‍याली समेत निकालिएको छ । विरोधसभामा पूर्व वाइसिएलका नेता रतन शाही र पूर्व युवा संघ नेपालका नेता किशोर थापा लगायतका नेताहरुले भारतीय कदमकाविरुद्ध ‘गो ब्याक इण्डिया’ भन्दै आवाज उठाएका हुन् । भने कोणसभामा बोल्दै दुवै नेताले भारतले उसको निर्णय नसच्याए डटेर सामना गर्ने चेतावनी समेत दिएका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण देशैभर आन्दोलन तथा बिरोधका कार्यक्रमहरु भइरहेका छन् ।

नेपालगञ्जको विपी चोकदेखि धम्बोजी चोकसम्म र्‍याली निकालिएको थियो । नेपाल सरकारले समेत भारतको उक्त कदमलाई अमान्य भनेर टिप्पी गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल लगायतका दल तथा नेताहरुले यसबारे खुलेर विरोध जनाइसकेका छन् । यद्यपी भारतले वार्ताबाट विवाद समाधान गर्न तयार रहेको प्रतिक्रिया जनाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org