ताजा समाचार

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकारको भित्रको कुरा हो: प्रचण्डको सचिवालय

काठमाडाैं । मन्त्रीमण्डल परिवर्तनबारे नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भित्र पर्ने कुरामाथि प्रचण्डलाई जोड्नु पत्रकारिताको मान्यता विपरितको कुरा रहेको जनाएको छ ।

नेकपा नेतृत्वको सरकारका केहि मन्त्रीहरु परिवर्तनवारे समाचारहरु आइरहेका बेला प्रचण्ड र प्रधानमन्त्रीबीच असहमति भएपछि मन्त्री मण्डल परिवर्तनको एजेण्डा ओझेलमा पर्न लागेको जनाइदै आएको छ ।

विशेषतः प्रचण्डकी बुहारी खानेपानी मन्त्री बीना मगरलाई प्रधानमन्त्रीले हटाउन चाहेको र प्रचण्डले यसमा विमति राखेको भन्ने समाचारहरु आएपछि प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org