ताजा समाचार

कोहलपुरका डीएसपी शाहीमाथि विभागीय कारबाही सिफारिस !

काठमाडाैं । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरिक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि विभागीय कारबाहीको सिफारिस भएको छ ।

तरुं दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले खसी मागेको अडियो बाहिरिएपछि उनीमाथि छानविन गर्न वनेको समितिले विभागीय कारबाहीको सिफारिस गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले तरुण दलका नेता खड्कासँग डीएसपी शाहीले खसी मागेको आरोप पुष्टि भएपछि उनलाई विभागीय कारवाहीको सिफारिस गरेको हो ।

आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै प्रहरी आचरण विपरित काम गरेको भन्दै शाहीलाई विभागीय कारबाही सिफारिस गरिएको हो ।

‘प्रहरी आचरणविपरीत डिएसपी र प्रहरी नायब निरीक्षक (सई) सुरेन्द्रकुमार पन्तले खसी मागेको प्रतिवेदनले देखाएको छ’, शाहले भने, ‘दुवैलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइने छ।’
सई पन्तले तरुण दलका नेता खड्कालाई फोन गरेका थिए भने पन्तले नै शाहीलाई फोन दिएका थिए । सोहि फोन मार्फत शाहीले खसी मागेका थिए ।

प्रहरी आचरणमा विभागीय कारबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org