ताजा समाचार

कालापानी भारतको हो, भारत मै रहन्छः उत्तराखण्ड मुख्यमन्त्री

काठमाडाैं । भारतले मिचेको नेपाली भूमी कालापानीबारे भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतको भुभाग रहेको दाबी गरेका छन् ।

भारतको एक समाचार पोर्टल अमर उजालाले जनाएअनुसार मुख्यमन्त्री रावतले कालापानी भारतको पिथाैरागढ जिल्लामा पर्ने क्षेत्र रहेको र नेपालले आफ्नो दाबी गर्नु चिन्ताजनक कुरा रहेको जनाएको जनाएको छ ।

कालापानी भारतको भएको र भारतकै रहने भन्दै उनले दाबी गरेको समाचार प्रकाशमा आएको छ ।

यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा कालापानी लिम्पियाधुरा लगायतका भूमी नेपालको भएको र त्यहाँबाट आफ्नो सैन्य फाैज फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । उनले नेपालको भूमी एक इन्च पनि नछाड्ने र कसैको एक इन्च पनि नचाहिएको भन्दै नेकपाको सरकारले जमिन फिर्ता गराएरै छाड्ने जनाएका थिए ।

त्यसपछि भारतीय संचार माध्यमहरुले ओलीको भनाईलाई प्रमुखताका साथ छापेका थिए भने ओलीको भनाईलाई कतिपय मिडियाले ओलीको रवाफ भनेर समेत समाचारहरु प्रकाशन गरेका थिए ।

अमर उजाला नामक अनलाइन समाचार पोर्टलला लेखिएको छ, ‘ मुख्यमन्त्रीले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइमा प्रतिक्रिया दिएका छन् । जसमा उनले कालापानीबाट भारतीय सैनिक हटाउने कुरा गरेका थिए । नेपालका प्रधानमन्त्रीले भनेका छन की, ‘उत्तराखण्डको पिथाैरागढ जिल्लामा पर्ने कालापानी भारतले अतिक्रमण गरेको हो । भारतको केन्द्र सरकारले जारी गरेको नक्सामा कालापानीलाई भारतको भएको जनाइएको थियो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org