ताजा समाचार

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, भोली सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी मन्त्रीहरुलाई गराएका छन ।

प्रधानमन्त्री ओलीले आज सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेर आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जनाएका हुन ।

बैठकमा ओलीले बाहिरबाट दवाव रहेको भन्दै कोहि दोहोरिने र कोहि बाहिरिने भएपनि अन्यथा नमान्न समेत आग्रह गरेका हुन । यस्तै उनले भोली कुनैपनि कार्यक्रममा नजान र कार्यक्रम नराख्न मन्त्रीहरुलाई आग्रह समेत गरेका छन ।

यद्यपी कतिजना मन्त्री परिवर्तन हुने भन्नेबारे केहि नखुलाएको जनाइएको छ । नया मन्त्रीहरुको भोली नै सपथ हुन सक्ने समेत प्रधानमन्त्री ओलीले जनाएका हुन ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org