ताजा समाचार

डायलासिसको लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अपराह्न ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा लगिएको हो । उनको नियमित स्वास्थ्य जाँचपछि डायलासिस सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिब्या शाहका अननुनसार प्रधानमन्त्री ओलीको डायलासिस सुरु भएको छ । उनको डायलासिसि सकिएपछि वालुवाटार फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडी २०६४ सालमा दिल्लीको अपोलो अस्पतालमा मृगाैला प्रत्यारोपन गरिएको थियो भने, केहि समय पहिले उनलाई सिंगापुरमा लगेर प्लाज्माफेरेसिस गरेर ल्याइएको थियो । त्यसयता प्रधानमन्त्रीको ग्राण्डी अस्पतालमा नियमित रुपमा स्वास्थ्य जाँच र डायलासिस हुँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org