ताजा समाचार

प्रधानमन्त्री ओलीलाई अपरेसनको तयारी, आखिर के भयो उनलाई ?

के एपेन्डिसाइटिस ? के हुन्छ यस्तो भएमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ ।

एपेन्डिसाइटिस भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा अपरेसनको तयारी थालिकएको हो ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि अपरेसनको तयारी थालिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले जनाए ।

प्रधानमन्त्री ओलीलाई पेट दुखेको र पखाला लागेपछि अस्पताल लगिएको थियो । उक्त समस्या देखिएपछि अस्पताल पुर्याइएका उनलाई एपेन्डिसाइटिस देखिएको हो ।

उनी मृगाैला रोगका बिरामी हुन भने, उनको लगातार ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा चाैथो पटक डायलासिस भइसकेको छ । यद्यपी उनले १२ वर्ष पहिले भारतमा मृगाैला प्रत्यारोपण गराएका थिए । त्यसपछि नियमित औषधि सेवन गर्दै आएका प्रधानमन्त्रीले मृगाैला ट्रान्सप्लान्ट गर्ने मनस्थितिमा पुगेको जनाइएको छ ।

के हो एपेन्डिसाइटिस ?

ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेण्डिक्स’ भनिन्छ। एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पिप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। एपेण्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर नफालेको खण्डमा बिरामीको मृतयु समेत ुहने चिकित्सकहरुले जनाउछन् । भने, अपरेसन गरेका बिरामीहरुले केहि दिन अस्पतालमै विताउनु पर्ने समेत हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org