ताजा समाचार

प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको छ ।

एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया भएको हो ।

रातीदेखि पेट दुखेपछि स्वास्थ्य जाँच गराउन अस्पताल पुगेका उनको शल्यक्रिया भएको हो । उनको शल्यक्रिया डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहको टोलिले गरेको हो ।

आज विहान सेन्टरम,ा भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया सामान्य रहेको जनाइएको छ भने, उनी मृगाैलाका बिरामी समेत हुन् ।

उनी आज अस्पतालमै रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org