ताजा समाचार

निजी मेडिकल कलेज संचालकको सरकारलाई जवाफः अतिरिक्त शुल्क फिर्ता गर्दैनाैं

काठमाडाैं । निजी मेडिकल संचालकहरुले सरकारले तोकेको भन्दा लिएको अतिरिक्त शु्न फिर्ता गर्न नसक्ने जनाएका छन् ।

आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई मन्त्रालयमा भेट्दै अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने भन्दै पत्र बुझाएका हुन् ।

रजिष्ट्रेशन शुल्क, सम्बन्धन शुल्क, परीक्षा शुल्कलगायत अतिरिक्त पैसा लिइएको र सो रकम विश्वविद्यालयलाई नै तिर्नुपर्ने भएकाले फिर्ता गर्न नसक्ने उनीहरूले अडान लिएका हुन् ।

सरकारले एमबिबिएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकामा ३८ लाख ५० हजार शैक्षिक शुल्क तोकेको छ। तर, कलेजहरूले बढी लिएको भन्दै धेरै कलेजका विद्यार्थी आन्दोलित छन् ।

निजी मेडिकल कलेज संचालकहरुले अतिरिक्त शुल्क फिर्ताबारे मन्त्रालयले व्यवहारीक रुपमा प्रस्तुत नभएको आरोप लगाउदै उनीहरु एकिकृत भएर यस्तो जनाएपछि सरकारलाई थप चुनाैति समेत देखिएको छ ।

यद्यपी सरकारले उनीहरुलाई अतिरिक्त शुल्क पिर्ता गर्न दिएको समयसीमा समेत सकिएको छ । भने, मेडिकल कलेजका विद्यार्थीहरु न्दोलित भएर सडका निस्किरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org