ताजा समाचार

सल्यानमा नेकपाका धर्मे बुढाथोकी वडाध्यक्षमा विजयी

सल्यान । जिल्लाको कुमाख गाउपालिकाको वडा नम्बर ५ मा नेकपाका उम्मेदवार विजयी भएका छन ।

११२४ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ७९२ मतसहित धर्मे बुढाथोकी `ज्वाला´ विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका खड्क बहादुर बोहराले २५१ मतले पछ्याएका थिए भने राप्रपाका गोपाल शाहले २१ मत ल्याएका थिए । ६० मत भने रद्द भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org