ताजा समाचार

सर्वसाधारण दशरथ रंगशालामा कुटिए

समाचार संकलन गर्न पुगेका पत्रकारमाथि कानबाट रगत बग्ने गरि प्रहरीको लाठी, उपचार हुँदै !

काठमाडाैं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुन लागेको फुटबलको फाइनल खेलको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले लाठी वर्षाएको छ ।

खेल समाचार संकलन गर्न पुगेका नागरिक दैनिकका पत्रकार सन्तोष चापागाईलाई प्रहरीले लाठि चार्ज गरेपछि उनको कानमा चोट लागेको छ भने कानबाट रगत बगिरहेको जनाइएको छ ।

उनको अहिले त्रिपुरेश्वरस्थित खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रम उपचार भइरहेको छ ।  यद्यपी प्रहरीले सर्वसाधारणमाथि समेत लाठि बर्षाएको छ भने खेल हेर्न पुगेका सर्वसाधारण निराश भएर फर्केका छन् ।

यद्यपी प्रहरीले सर्वसाधारणमाथि समेत लाठि बर्षाएको छ भने खेल हेर्न पुगेका सर्वसाधारण निराश भएर फर्केका छन् ।

मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org