ताजा समाचार

नव निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ ग्रहण गर्दै

काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छिन् ।

उनले मंगलबार दिउँसो १ बजे उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथग्रहण गर्ने भएकी हुन् ।

उनी मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललालाई साढे आठ हजार मत अन्तरले हराएकी थिइन् ।

भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९ सय ८६ मत पाएका थिए ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की क्षेत्र नं.२ मा विद्या भट्टराई उमेदवार बनेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org