ताजा समाचार

भारतीय राजदूत पुरीको ३ बर्षे कार्यकाल पुरा, को पठाउला अब दिल्लीले ?

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीको तीनबर्षे कार्यकाल सकिएको छ ।

पुस १५ गते उनी भारत फर्कनेछन् । पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट समेत गरिसकेका छन् । पुरीको बिदाइमा आज (मंगलबार) भारतीय दुतावासले पनि आज एक कार्यक्रम आयोजना गरेको छ ।

विकास स्वरूप, अखिलेश मिश्रा र गोपाल बगालेलगायतको नाम चर्चामा रहेपनि नयाँदिल्लीले अहिलेसम्म नेपालमा पठाउने नयाँ राजदूतबारे टुङ्गो लगाएको छैन । नाकाबन्दीका कारण खराब भएको सम्बन्ध सुधार्न भन्दै भारतले पुरीलाई नेपालको राजदूत बनाएर पठाएको थियो । तर भारतीय संस्थापनको व्यवहारका कारण पुरीको कार्यकाल पनि विवादमुक्त हुन सकेन ।

भारतबाट भित्रने विषादीयुक्त तरकारीमा नेपालले प्रतिबन्ध लगाउँदा काठमाडौंस्थित भारतीय दूतावासले पत्र नै पठाएर यो काम स्थगित गर्न दबाब दिएका थियो ।

यस्तै, जम्मू–कश्मीरको विशेषाधिकार अन्त्य गरेपछि सार्वजनिक भएको नयाँ नक्सामा नेपालको भूभाग समेत समेटेपछि अहिले देशभर भारतको विरोध भइरहेको छ ।

दुई देशबीचको समन्यायिक सम्बन्धमा अड्चन देखिएका दर्जनौं समस्याहरुलाई थाती नै रहँदा राजदूत पुरीको कार्यकाल सकिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org