ताजा समाचार

ज्ञानेन्द्रले बने पीपीएलमा पहिलो सतक बनाउने खेलाडी

पोखरा । कप्तान ज्ञानेन्द्र मल्ललेआक्रमक शतक प्रहार गरेपछि काठमाडौं गोल्डन वारियर्सले पोखरा प्रिमियर लिग अन्तर्गत जित्नै पर्ने खेलमा धनगढी ब्लुजलाई एक सय ८६ रनको बिशाल लक्ष्य दिएको छ ।

यसअघि निकै कमजोर ब्याटिङ्ग प्रदर्शन गर्दै लगातार दुई खेल हारेको काठमाडौंका लागि ज्ञानेन्द्रले आफै जिम्मेवारी लिदै नेपाली क्रिकेटमा दुर्लभ नै देखिने इनिङ्गस खेलेका थिए । उनि क्रिजमा आएदेखि नै आक्रमक देखिएका थिए ।

उनको शतकको मद्दतमा काठमाडौंले धनगढी ब्लुजबिरुद्ध १७ ओभरमा छोट्याइएको खेलमा १ सय ८५ रन बनायो । नेपाली फ्राञ्चाइज क्रिकेटमा ज्ञानेन्द्र शतक प्रहार गर्ने दोश्रो नेपाली खेलाडी बनेका छन् भने समग्रमा तेश्रो । यसअघि आसिफ शेखले सन् २०१६ मा भएको एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजका लागि ज्ञानेन्द्रकै कलर्स एक्स फ्याक्टरबि?द्ध फाइनलमै शतक प्रहार गरेका थिए ।

अर्को शतक गत बर्षको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडिएटर्सका भारतीय खेलाडी रवि इन्दर सिँहले पोखरा राइनोजबि?द्ध प्रहार गरेका थिए । ३७ बलमा शतक पुरा गरेका ज्ञानेन्द्रले ९ बिशाल छक्का र ८ चौका प्रहार गरेका थिए । उनले तेश्रो विकेटका लागि जयकिसन कोल्सावालासँग १ सय ३१ रनको शान्दार साझेदारी गरेका थिए । ज्ञानेन्द्रको शतकपछि प्रतियोगितामा पहिलो पटक खेलेका अमित श्रेष्ठ र कोल्सावालाको इनिङ्गस पनि छायामा परेको थियो ।

उनले दोश्रो ५० रन १३ बलमै पुरा गरेका थिए । शतक पुरा गरेसँगै ज्ञानेन्द्रले हातले इशारा गर्दै आफ्नो छोरीप्रति समर्पित गरेका थिए । आकर्षक शटह? प्रहार गरेका २१ बलमै ३४ रनको योगदान गरेका थिए । यस्तै कोल्सावालाले ३७ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए ।

धनगढीका लागि कमल सिँह ऐरिले सर्वाधिक चार विकेट लिएका थिए । अन्तिम ओभरमा उनले ज्ञानेन्द्र र सुबोध भाटीको विकेट लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org