प्रधानमन्त्रीका सल्लाहकार लिएर किन पुगे गृहमन्त्री विमानस्थल ?
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बुधबार बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको अवस्थामा गृहमन्त्री बादल प्रधानमन्त्रीका सल्लकाहरुलाई लिएर अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न विमानस्थलमा पुगेका हुन् ।
गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभी मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरेका थिए। त्यसक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा पनि साथमा थिए ।
अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भए पनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिएको प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माण भइरहेको जानकारी दिए ।
उनले नयाँ भौतिक संचरना निर्माण अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुविधासम्पन्न अध्यागन कार्यालयका रुपमा यो सञ्चालनमा आउन लागेको जानकारी दिए ।
निरीक्षणका क्रममा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमाल र सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत सहभागी थिए।
Comments
अरु समाचार
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...












