ताजा समाचार

आजबाट हिउँदे अधिवेशन शुरु हुँदै, उपसभामुखले अध्यक्षता गर्ने

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दिउँसो ४ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

त्यस अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गर्नेछन् ।

प्रतिनिधिसभा बैठकको पहिलो दिन राष्ट्रपतिले पठाएको पत्रबारे जानकारी र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

कृष्णबहादुर महरा बलात्कार जस्तो गम्भीर आरोपमा पक्राउ परेपछि उपसभामुख तुम्बाहाङ्फेले संसदको नेतृत्व गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org