ताजा समाचार

अपहरित गाउँपालिका अध्यक्षकाे अवस्था अज्ञात, उनकी श्रीमती आफन्तकाे सम्पर्कमा

लेख । दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राति १२ बजेको समयमा घरमा आएको १५/१६ जनाको टोलीले शाहीलाई श्रीमतीसहित नियन्त्रणमा लिएका हुन् ।

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अवस्था अझै अज्ञात रहेकाे दैलेखका सहाहक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार गाउँपालिका अध्यक्षक्षा शाहीकी श्रीमती इला शाही भने आफन्तकाे सम्पर्कमा आएकी छन् ।

विप्लव नेतृत्वकाे नेकपाले गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई यसअघि  चेतावनी पत्र दिएको हुँदा उनकाे अपहरण विप्लव नेतृत्वकाे नेकपाले गरेकाे अनुमान गरिएकाे छ ।  गाउँपालिका अध्यक्ष शाहीकी श्रीमती इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत हुन् ।

गाउँपालिका अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सूचना पाउनेबित्तिकै प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खोजी तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org