अवैध रूपमा वन्यजन्तुको अंग तस्करी गर्ने ७ जना हतियारसहित पक्राउ
धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको अंग तस्करी गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनिचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिए ।
उनीहरूबाट ४ थान भरुवा बन्दुक बरामद भएको छ । पक्राउ परेकाहरूबाट ५ थान वन्यजन्तुको छाला समेत प्रहरीले बरामद गरेको छ । उनीहरूबाट थारको छाला,रतुवाको र घोरलको छाला समेत प्रहरीले बरामद गरेको हो ।
“मुलुकी अपराध संहिता ऐन २०७४” को दफा १३२ बमोजिम “हातहतियार खरखजना सम्बन्धी कसुर”मा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...