ताजा समाचार

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन् ।

राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो । गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेतारकार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org