ताजा समाचार

प्रहरी र विप्लवका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चल्यो

सुर्खेत । सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए ।

प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ ।

यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org