ताजा समाचार

प्रेमीको लिंग काटिदिने प्रेमिकाविरुद्ध ‘अंगभंग’ कसुर

काठमाडाैँ ।   प्रेमीको लिंग छेदनमा संलग्न एक प्रेमिकालाई ‘अंगभंग’कसुर अन्तर्गत बुधबार मुद्दा चलाइएको छ।

सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल यो निष्कर्षमा पुगेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको छ।

विदेशमा लिङ्गच्छेदनका घटना सुनिए पनि नेपालमा भने नौलो प्रकृतिको कसुर हो। लिच्छिविकालमा कन्याको मञ्जुरी बिना जबरजस्ती करणी गरेमा पुरुषको लिंगछेदन गरी मृत्युदण्ड दिने व्यवस्था रहेको प्राचिन इतिहासमा भेटिन्छ।

गत मंसिर २४ गते काठमाडौंको बौद्ध महांकालमा थिङ थरकी प्रेमीकाले आफ्नै कोठामा बोलाएर सुनुवार थरका प्रेमीको लिंग छेदन गरिदिएकी थिइन्। उनीहरु दुवैजना हायात होटलमा काम गर्दैआएका थिए।

परिवारले स्वीकार नगर्ने भन्दै प्रेमीबाट छुट्टिन प्रस्ताव गरेपछि आवेगमा आएर प्रेमिकाले लिंग छेदन गरेकी थिइन्। अभियोगपत्रमा प्रेमिकाले कोठामा भेट्न डाकेर चक्कुले लिंग छेदन गरेको दाबी छ।

घटनालगत्तै प्रहरीले आरोपित युवतीलाई पक्राउ गरेको थियो। युवाको लिंग छेदन गरेपछि तिनै प्रेमीकाले ओम अस्पतालमा लगेर उपचार गरेकी थिइन्।

काठमाडौं जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले मुलुकी अपराध संहिताको दफा १९२ को अंगभंग गर्न नहुने कसुर अन्तर्गत अभियोग लगाइएको जानकारी दिए।

उक्त दफा अन्तर्गत महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा ‘अंगभंग’को कसुर मानिने व्यवस्था छ। सरकारी वकिलले दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना मागसहित मुद्दा चलाएको हो।

संहिताको दफा १८३ मा कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न नहुने भनिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org