ताजा समाचार

नेकपाले टुंग्यायो भागबण्डामा राष्ट्रियसभा उम्मेदवारः पूर्व एमाले १० र पूर्व माओवादी ६

वामदेवद्वारा राष्ट्रियसभा उम्मेदवार बन्न अस्वीकार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो ।

नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट १० र माओवादी केन्द्रको तर्फबाट ६ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएको एक नेताले बताए । ती नेताका अनुसार अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएका हुन् ।

गौतमले प्रधानमन्त्री बन्ने बाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने निकटस्थसँग बताउँदै आएका छन् । तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छैन ।

उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए । उनी डोल्पा र काठमाडौँ क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो । यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org