ताजा समाचार

प्रधानमन्त्री ओली डायलासिसको लागि त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार पुनः डायलासिस गरिएको छ ।

शुक्रबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिएको हो । यो १२औँ पटकको डायलासिस हो । करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको मिर्गौलामा छिटोछिटो समस्या देखिएपछि नियमित डायलासिस गराउँदै आएका छन् ।

यसअघि उनको महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण शल्यक्रिया गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org