ताजा समाचार

कालापानीबाट भारतीय सेना हट्दैन, राष्ट्र संघ गुहाराैंः मसाल

काठमाडौं । भारतीय सेना कालापानीबाट नहट्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी मसालले यो विषयलाई अन्तराष्ट्रियकरण गर्ने निष्कर्ष निकालेको छ ।

मसालका महामन्त्री, मोहनविक्रम सिंहद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, भारतले आफ्नो सेना कालापानी लगायत मिचिएको भुमीबाट हटाउदैन, यसलाई सरकारले अन्तराष्ट्रिियकरण गर्न पहल गर्नुपर्ने देखिन्छ ।’

‘भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि सजिलैसित आफ्नो आफ्नो सेना नहटाउने प्रष्ट छ । त्यसकारण उक्त विषयलाई संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय अदालतमा लैजान तथा अन्तराष्ट्रियकरण गर्न समेत सरकारले पहल गर्नुपर्दछ ।’

प्रतिवेदनमा भनिएको छ । मसालका महामन्त्री सिंहले राष्ट्रिय परिषद् बैठकमा यस्तो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org