इरानले फेरी गर्यो अमेरिकी सैनिक अड्डामा मिसाइल हमला
एजेन्सी । पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ।
सोही सिलसिलामा आज पनि इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ। इराकको एक सैन्य बेस क्याम्पमा इरानले एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो । यो आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् ।
इरानको सरकारी टेलिभिजन च्यानल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो ।
इरानी गार्डहरूले भन्दै आएका छन् कि उनीहरूको जनवरी८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि थिएन । तथापि, अहिले यो कुरा स्पष्ट भएको छ, इरानको अमेरिकाबिरूद्धको दृष्टिकोण अहिलेसम्म परिवर्तन भएको छैन र उ आक्रामक रणनीति नै अख्तियार गरिरहेको छ ।
यद्यपि,अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ । तर दुई देश बीचको सम्बन्ध सामान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ। यस्तो अवस्थामा दुई देशबीचको तनाव अझ बढ्न सक्ने संकेत देखिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।अघिल्लो हप्ता अमेरिकी सेनाको आक्रमणमा इरानी सेनाका कमाण्डर सुलेमानीको हत्या भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ ।
Comments
अरु समाचार
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...












