ताजा समाचार

रुकुम(पुर्व) अनेरास्ववियूको संयोजकमा रेवन खड्का

रुकुम (पुर्व) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संबद्ध विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कान्छो जिल्ला कमिटी रुकुम (पूर्व) को संयोजकको रेवन खड्का चयन भएका छन ।

काठमाडौँमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू रुकुम(पुर्व) को संयोजकमा पुर्व अखिल( क्रान्तिकारी)बाट खड्का र सहसंयोजकमा पुर्व अनेरास्ववियुबाट कल्याण पुनलाई चयन गरेको हो । संयोजक खड्का नेकपा जिल्ला कमिटी सदस्य समेत हुन ।

अनेरास्ववियूको जिल्ला संयोजको जिम्मेवारी पाइसकेपछि खड्काले संगठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने बताए । संयोजक खड्का लामो समयदेखी विद्यार्थी राजनितीमा क्रियाशिल छन ।

उनी रुकुम जिल्ला टुक्रिनु अघि समग्र रुकुम जिल्ला तत्कालिन माओवादी संबद्ध अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष समेत हुन । उनी तत्कालीन माओवादीको सांस्कृतिक संगठन सिस्ने सांस्कृतिक परिवार र प्रतिरोध सांस्कृतिक परिवारमा रहेर लामो समय कलाकारको भुमिका थिए । संयोजक खड्का एक कुशल संगठकको रुपमा स्थापित जिल्लाका विद्यार्थि नेता हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org