ताजा समाचार

नेकपामा वामदेव यसरी बन्दैछन शक्तिशाली

काठमाडाैं । नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ ।

मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ। हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ ।

पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन्। उनलाई उपाध्यक्ष बनउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ । अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् ।

त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन् भनेर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डे र वीरेन्द्र ओली मिलेर विश्लेषणात्मक खबर लेखेका छन् । यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ ।

अहिलेको संगठनात्मक संरचनाअनुसार नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा झलनाथ खनाल र चौथोमा माधवकुमार नेपाल छन्। नौ सदस्यीय सचिवालयमा गौतम पाँचौं वरियताका नेता हुन् ।

तर नेकपाले संगठन विभागलाई शक्तिशाली बनाउने गरी बनाएको कार्ययोजनाले गौतमलाई ओली र प्रचण्डपछि पार्टी संगठनभित्र अधिकार क्षेत्रका हिसाबले ‘तेस्रो शक्तिशाली नेता’ बनाउन खोजेको देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org