ताजा समाचार

दुवै अध्यक्षबाट यस्तो आश्वासन पाएपछि राजीनामा दिएकी हुन् तुम्बाहाङ्फेले

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाईलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन् ।

दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेतसँगै राखेर आश्वासन दिएको स्रोतले बतायो ।

दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी हुन्। बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाङ्फेलाई लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन् ।

पार्टी महासचिव विष्णु पौडेलले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने बताए। ‘उहाँलाई पहिला केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’, पौडेलले भने ।

अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पाएका छन्। तुम्बाहाङ्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org