ताजा समाचार

एन्फा कास्कीका अध्यक्ष भन्छनः दिपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिन्छु

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे)विरुद्ध प्रहरीमा उजुरी दिने भएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए ।

त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी गुरुङले प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताए ।

मनाङ्गेले मनाङबाट आएका खेलाडी कहाँ बस्ने, कहाँ खाने, कहाँ खेल्ने? भनेर कुरा गर्दा मिलनले ‘ठूल्ठूलो’ कुरा गरेको र आफूले त्यस्तो कुरा सहन नसकेर झापड हानेको जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org