ताजा समाचार

काठमाडौंमा बंगलादेशी व्यापारी अहमदको हत्या

काठमाडौं । काठमाडौंमा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ ।

सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको हो । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।

एक साताअघि उनको हत्या भए पनि ढिला गरी सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको उनले  बताए ।

अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org