ताजा समाचार

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ सालभित्रै सुनिश्चितता हुनुपर्छ : रञ्जित तामाङ

काठमाडाैँ । नेपाक कम्युनिष्ट पार्टि (नेकपा) संबद्ध विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले २०७६ सालभित्रै स्वतन्त्र विद्यार्थी युनियन  (स्ववियु) निर्वाचनको सुनिश्चितता हुने बताएका छन ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग पक्का भएपछी सहसंयोजक तामाङले कुनै पनि हालतमा २०७६ सालभित्रै  स्ववियु निर्वाचन हुने बताएका हुन ।

तामाङले भने नेविसंघको मागमा केही लचिलो हुन सकिने बताए । एक महिनाको समय अवधिमा नेविसंघले आफ्नो आन्तरिक तयारी सक्ने र स्ववियु चुनावमा सहभागी हुने उनले विश्वास व्यक्त गरे ।

‘सबैभन्दा पुरानो प्रजातान्त्रिक संगठन नेविसंघलाई चुनावमा ल्याउनका लागि केही समय उपलब्ध गराउनुपर्छ भने पनि हामी त्यति धेरै नकारात्मक हुनु हुँदैन,’ तामाङले भने, ‘विगतमा नेविसंघ सहभागी नहुँदा स्ववियु चुनाव नै गरिएन, त्यसैले अहिले जसरी भए पनि स्ववियु चुनाव गर्नुपर्छ ।’

२०७५ सालमै हुनुपर्ने चुनाव नेविसंघको आन्तरिक विवादका कारण हुन सकेको थिएन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावलीमा चुनाव हुनुभन्दा एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ । तर, त्रिविले चुनावको तालिका सार्वजनिक गरेको छैन । त्यतिमात्र होइन, स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ, तर रेक्टर पद हाल रिक्त छ । त्यसैले स्ववियु निर्वाचन फागुन १४ गते नहुने भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org