ताजा समाचार

गच्छदारमाथि भ्रष्टाचार मुद्दा : कांग्रेसद्वारा आज पनि संसदमा अवरोध

काठमाडाैँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ।

शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन्।  सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै बोल्दै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिद्याउने नीति सरकारले लिएको दाबी गरे।

सरकारले अख्तियारलाई प्रयोग गरेर कांग्रेसमाथि प्रहार थालेको भन्दै विश्वकर्माले लालपूर्जा हातमा लिएरहिँड्नेलाई भने उन्मुक्ति दिएको आरोप पनि लगाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org