ताजा समाचार

गच्छदारमाथी भ्रष्टाचार मुद्दाः सडक र संसदमा एकसाथ उर्लियो कांग्रेस

काठमाडाैँ ।  बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म कांग्रेस एकसाथ उत्रिएको छ।

कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउमा राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। माइतीघरमा विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरे।

माइतीघरमा कांग्रेसको एउटा समूह उत्रिएको आधा घण्टापछि प्रतिनिधिसभामा त्यही नारा लाग्यो। दिउँसो १ बजेर २५ मिनेटमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले आफ्ना नेता गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियतवश फसाएको भन्दै आक्रोश व्यक्त गरे।

‘अख्तियारले आफै निर्णय गरेर आफैँले आफ्नो अधिकार दुरुपयोग गरेको छ। बालुवाटरको जग्गा किनेर लालपूर्जा बोक्दै हिँड्ने व्यक्ति महान हुने तर भौतिक पूर्वाधार मन्त्री चाहिँ दोषी हुने?’, उनले भने, ‘सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई करोडौंको बिगो थोपरेर दोषी बनाउने यो कस्तो तरिका हो? जसले निर्णय गरेको हो उचाहिँ निदोर्ष ठान्ने यो कस्तो न्याया हो? जसले बालुवाटारबाट जग्गा किनेर ४९ लाख ऋण लियो, त्यो पनि निर्दोष हुने? अख्तियारको यो निर्णयले दुनियाँ हाँसिरहेको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org