ताजा समाचार

ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगन

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यले साथ नदिएपछि आइतबार बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगन गरिएकाे छ।

नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो।

तर प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन्।

आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो।

स्वास्थ्य अवस्था खराब भएकाले दरबरमार्गस्थित याक एन्ड यति होटलमा सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनमा पनि प्रधानमन्त्री सहभागी नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम ओलीले गर्ने तय भएको थियो।
उनको साटोमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org